शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : आगामी निर्वाचनका लागि कसको चर्चा कहाँ ? ५०३ प्रकारका मतपत्र छाप्ने आयोगको तयारी

गृहमन्त्रीका सुरक्षा अधिकृत छानबिनमा
आइतबार, ०५ भदौ २०७९, २१ : २९
आइतबार, ०५ भदौ २०७९

आज २०७९ साउन भदौ ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा कांग्रेसका वौद्धिक नेता प्रदीप गिरि अब सम्झनामा मात्र, नेताहरुले यसरी सम्झिए प्रदीप गिरिलाई, आगामी निर्वाचनका लागि ५०३ प्रकारका मतपत्र, आगामी निर्वाचनका लागि कसको चर्चा कहाँ ?, गृहमन्त्रीका सुरक्षा अधिकृत छानबिनमा, विप्लवका कार्यकर्ताद्वारा जनक शिक्षाका कर्णाली प्रदेश प्रमुखलाई कालोमोसो, भदौ ९ गते नेकपा एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने, कक्षा १२ को परीक्षाफल भदौ १५ भित्रै लगायत छन् ।
१. कांग्रेसका वौद्धिक नेता प्रदीप गिरि अब सम्झनामा मात्र
नेपाली कांग्रेसका वौद्धिक नेता प्रदीप गिरि अब सम्झनामा मात्र सीमित भएका छन् । शनिबार राति निधन भएका उनको आइतबार अन्त्येष्टि गरिएको छ ।

२. नेताहरुले यसरी सम्झिए प्रदीप गिरिलाई
कांग्रेस नेता प्रदीप गिरिको निधनमा राष्ट्रपति, प्रधानमन्त्री तथा प्रमुख दलका नेताहरुले दुःख व्यक्त गरेका छन् । नेताहरुले गिरिलाई समाजवादी चिन्तक, प्रजातान्त्रिक योद्धाका रुपमा स्मरण गरेका छन् ।

३. आगामी निर्वाचनका लागि ५०३ प्रकारका मतपत्र
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ५०३ प्रकारका मतपत्र छाप्ने भएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ प्रकार र प्रदेशतर्फ ३३० क्षेत्रका लागि सोही संख्यामा छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी आयोगले गरेको हो । यस्तै प्रदेशसभाका समानुपातिक तर्फ ७ प्रकारका र प्रतिनिधिसभातर्फ समानुपातिकतर्फ १ प्रकारको मतपत्र छाप्ने तयारी गरिएको छ ।

४. आगामी निर्वाचनका लागि कसको चर्चा कहाँ ?
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरुले उम्मेदवारीको दाबी गर्ने क्रम बढ्दै गएको छ । सोही अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् । सोही पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले तनहुँ–१ बाट उम्मेदवार हुने आकांक्षा राखेका छन् ।

५. गृहमन्त्रीका सुरक्षा अधिकृत छानबिनमा
गृहमन्त्री बालकृष्ण खाणका निजी सुरक्षा अधिकृत (वरिष्ठ प्रनानि) टंक कार्की छानविनमा परेका छन् । वरिष्ठ सई कार्कीमाथि प्रहरी वृत गौशालाको हिरासत दुरुपयोग गरेर एक जना युवकलाई थुनामा राखेको र पक्राउ परेकाको गाडीमा फेला परेको ४ लाख नगद ‘गायब’ बनाएको आरोप छ । 

६. विप्लवका कार्यकर्ताद्वारा जनक शिक्षाका कर्णाली प्रदेश प्रमुखलाई कालोमोसो
जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेका छन् । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीमा पाठ्यपुस्तक नपुर्याएको भन्दै नेकपाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका कार्यकर्ताले केसीलाई कालोमोसो दलेका हुन् । 

७. भदौ ९ गते नेकपा एकीकृत समाजवादीले पार्टी पुनर्गठन दिवस मनाउने
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही भदौ ९ गते पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । निर्वाचन आयोगमा पार्टी दर्ता भएको एक वर्ष पुगेको अवसरमा त्यस दिन पार्टी केन्द्रले विशेष कार्यक्रम गरी दिवसका रुपमा मनाउन लागेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । 

८. कक्षा १२ को परीक्षाफल भदौ १५ भित्रै
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । 

देशभर थप २८६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २०२ तथा एन्टिजेन विधिबाट ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

१०. र यो पनि,
नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

पोखरा महानगरपालिका–३० अर्घौ चोकस्थित एनएमबी बैंकको एटिएम तोडफोड गरी २ वटा क्यासेट र नगद चोरी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुई जनाको नाम सच्याइएको छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप