शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाले दिनहुँ खानुपर्छ गुड, जान्नुहोस् यसका ५ फाइदा

मङ्गलबार, ०७ भदौ २०७९, ०७ : ५७
मङ्गलबार, ०७ भदौ २०७९

गुड स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गुडमा क्याल्सियम, फस्फोरस र आइरन जस्ता तत्व पाइन्छ, जसले महिलाको शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यी तत्वहरूले महिलाको धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । नियमित गुड खाँदा महिलामा कमजोरी, आइरनको कमी र हार्मोनल असन्तुलन जस्ता समस्याहरू निको हुन्छन् । गुड आइरनको राम्रो स्रोत हो, त्यसैले यसको सेवनले महिलाको महिनावारीको समयमा हुने रगतको कमीलाई पूर्ति गर्न मद्दत गर्छ । आउनुहोस् महिलाहरुका लागि गुड खानुका फाइदाबारे जानौं ।

१. हड्डी बलियो बनाउँछ

महिलाहरूले नियमित गुडलाई आहारमा समावेश गरेमा हड्डी बलियो हुन्छ । गुडमा पाइने क्याल्सियम र फस्फोरसले हड्डी बलियो बनाउन मद्दत गर्छ । हरेक दिन खाना खाएपछि गुडको सानो टुक्रा खाँदा फाइदा हुन्छ ।

२. प्रतिरक्षा बढाउँछ 

गुडमा एन्टिअक्सिडेन्ट र जिंक प्रचुर मात्रामा पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुडले रगतमा हेमोग्लोबिन बढाउँछ । जसका कारण गुडको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । गुड खाँदा शरीरमा संक्रमणको जोखिम कम हुन्छ ।

३. महिनावारीको समस्याबाट छुटकारा दिन्छ

महिलाहरूले नियमित रूपमा गुडको सेवन गरेमा महिनावारीको समयमा दुखाइ, क्र्याम्प र कम रक्तस्राव जस्ता समस्याहरू हटाउन मद्दत गर्छ । गुडले मुड सुधार्ने पनि काम गर्छ ।

४. पाचनमा मद्दत गर्छ

दैनिक गुड खाँदा पाचन क्रियामा सुधार हुन्छ । एक टुक्रा गुड खाएपछि खाना सजिलै पच्छ । गुडले पेटमा दिसा जम्मा हुन दिँदैन, जसका कारण पेटमा कब्जियत हुँदैन । यसको नियमित सेवनले आन्द्राको चालमा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

५. महिलाको हर्मोन असन्तुलन हटाउँछ

गुडको सेवनले महिलालाई हार्मोनल असन्तुलन कम गर्न मद्दत गर्छ । थाइराइड र पीसीओएस जस्ता रोगबाट पीडित महिलाहरूले यसलाई सजिलै सेवन गर्न सक्छन् । महिलामा रक्तअल्पताको समस्यालाई हटाउन गुड उपयोगी हुन्छ, जसका कारण महिलामा कमजोरी हुँदैन ।

सीमित मात्रामा गुड खानु महिलाको शरीरका लागि फाइदाजनक हुन्छ तर यसको बढी सेवन गरे शरीरका लागि हानिकारक पनि हुन सक्छ । मधुमेहका बिरामी र गर्भवती महिलाले चिकित्सकसँग परामर्शपछि मात्रै यसको सेवन गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप