बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लमजुङका भूमिहीनलाई लालपुर्जा लिन ३५ दिने सूचना आह्वान

मङ्गलबार, ०७ भदौ २०७९, १२ : ३९
मङ्गलबार, ०७ भदौ २०७९

लमजुङ जिल्लामा पनि राष्ट्रिय भूमि आयोगले जिल्लाभित्र रहेका भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा दिने भएको छ । लमजुङमा मात्रै नभइकन देशभरका भूमिहीन तथा दलित परिवारलाई व्यवस्थापन गराउन र स्थायी रुपले बसोबास गराउन लालपुर्जा दिन लागेको हो ।

गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको बेंसीशहर नगरपालिका भित्र सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका रहेका छन् भने गाउँपालिकातर्फ मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकामा भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलन भइसकेको राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामदोर अधिकारीले बताए । उनकाअनुसार जिल्लामा बाँकी रहेको अन्य नगरपालिका जस्तै बेंसीशहर नगरपालिका, मध्य नेपाल नगरपालिकाको लगत संकलन उठाउन बाँकी छ ।

यस्तै गाउँपालिका तर्फ क्व्होलासोंथर गाउँपालिका र दुध पोखरी गाउँपालिकाको लगत संकलन उठाउन बाँकी भएकाले भूमिहीन दलित तथा सुकुम्बासीका लागि निवेदन दिन बेंसीशहर नगरपालिकाले ३५ दिने सूचना प्रकाशन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप