मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध संरचना भत्काउने काठमाडौं महानगरको काम प्रशंसनीय छ : कमल थापा

बिहीबार, ०९ भदौ २०७९, ०८ : ३९
बिहीबार, ०९ भदौ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाडौंलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौं महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।

उनले तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आव्हान गर्दै मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामना समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप