शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाल सिंह चड्डालाई नेटफ्लिक्सले किन्यो, ८ हप्तापछि हुनेछ रिलिज !

शुक्रबार, १० भदौ २०७९, १४ : ०८
शुक्रबार, १० भदौ २०७९

आमिर खानको फिल्मलाई मानिसहरुले व्यग्रताका साथ प्रतीक्षा गर्दथे । तर यो सन् २०२२ हो र कोरोना काल पछि सबै कुरा फेरिएको छ । आमिर खानका प्रशंसक पनि । त्यसैले त लाल सिंह चड्डाले थिएटर्समा दर्शक पाएन र ओटीटी प्लेटफर्ममा खरिददार । तर यस्तो लाग्छ, निर्माता र आमिरको समस्या केही कम भएको छ ।

लाल सिंह चड्डा ओटीटीमा

रिपोर्टका अनुसार आमिर खानको फिल्म लाल सिंह चड्डाले ओटीटीमा खरिदकर्ता पाएको छ । यसलाई नेटफ्लिक्सले किनेको भन्ने खबर छ । नेटफ्लिक्स आमिरको फिल्म खरिद गर्न निकै उत्साहित छ भनिएको थियो । निर्माताले नेटफ्लिक्सको अगाडि १५० करोडको डिल राखेको थियो । तर नेटफ्लिक्सलाई यो डिल महँगो लागेको थियो र ८०–९० करोडमा कुरा पक्का भएको थियो । तर बक्स अफिसमा यो फेल भएपछि डिल ५० करोडमा आएको बताइएको छ ।

यसैबीच अर्को खबर आयो । नेटफ्लिक्सले लाल सिंह चड्डासँग भएको सम्झौता खारेज गरिदियो । उता निर्माताले अर्को डिजिटल प्लेटफर्म खोजे र वुटसँग १२५ करोडमा डिल गर्यो । तर त्यसपछि कहानीमा ठूलो ट्विस्ट आयो । बलिउड हंगामाको रिपोर्ट अनुसार लाल सिंह चड्डा र नेटफ्लिक्सबीच पुनः कुराकानी भयो । दुबै पार्टीले हानीको साटो सम्झौताबाट हुने फाइदा हेरे । आमिरलाई नेटफ्लिक्समार्फत् ग्लोबल रिच मिल्नेछ । यस्तै, ओटीटीमा आउँदा फिल्मको ओभरसिज बिजनेसलाई फाइदा हुनेछ ।

८ हप्तापछि आमिरको फिल्म हेर्न सकिने

आमिरको फिल्म हेर्नका लागि ६ महिना प्रतीक्षा गर्नुपर्दैन । लाल सिंह चड्डा रिलिज डेटबाट ८ हप्तापछि मोबाइलमा हेर्न पाइन्छ भन्ने खबर छ । निर्माताले आफ्नो मूल्य पनि कम गरेको छ । रिपोर्टका अनुसार लाल सिंह चड्डाको नेटफ्लिक्ससँग डिल ८०–१२५ करोड बीच छ । यद्यपि, यो सम्झौताको विषयमा अहिले पनि कुनै आधिकारिक घोषणा भएको छैन । फिल्मको १५ दिनको कलेक्सन ५८.७३ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप