शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

युनाइटेडको दोस्रो जित

शनिबार, ११ भदौ २०७९, १९ : ३६
शनिबार, ११ भदौ २०७९

म्यानचेस्टर युनाइटेले प्रिमियर लिग फुटबलमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनलाई १–० गोल अन्तरले हराएको हो । 

साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । एनले खेलको ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १–० गोलको जित दिलाए । प्रिमियर लिगमा युनाइटेडको यो दोस्रो जित हो । 

जितसँगै युनाइटेडले चार खेलबाट ६ अंक जोडेको छ । यता साउथह्याम्पटनको ४ खेलबाट ४ अंक छ । युनाइटेड सिजनको पहिलो र दोस्रो खेलमा पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप