युनाइटेडको दोस्रो जित
शनिबार, ११ भदौ २०७९, १९ : ३६

म्यानचेस्टर युनाइटेले प्रिमियर लिग फुटबलमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा युनाइटेडले साउथह्याप्टनलाई १–० गोल अन्तरले हराएको हो ।
साउथह्याप्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । एनले खेलको ५५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १–० गोलको जित दिलाए । प्रिमियर लिगमा युनाइटेडको यो दोस्रो जित हो ।
जितसँगै युनाइटेडले चार खेलबाट ६ अंक जोडेको छ । यता साउथह्याम्पटनको ४ खेलबाट ४ अंक छ । युनाइटेड सिजनको पहिलो र दोस्रो खेलमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा