शुक्रबार, २८ मङ्सिर २०८१
ताजा लोकप्रिय

महाभियोग सिफारिस समितिलाई नेपाल बारले उपलब्ध गरायो प्रमाण (पूर्ण पाठसहित)

आइतबार, १२ भदौ २०७९, २२ : ३०
आइतबार, १२ भदौ २०७९

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ । जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो । 

महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा विभिन्न २४ वटा बुँदा समेटिएको छ ।  नेपाल बार एसोसिएसनले जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गर्दै आएको थियो भने महाभियोग लगाइएको विरोधमा स्वागत गरेको थियो । 

समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।

पूर्णपाठ-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप