जानी राखौँ : बालोपयोगी केही सामान्यज्ञान
१, नदी प्रणालीको हिसावले नेपाललाई कति भागमा विभाजन गरिएको छ ?
(क) ३ (ख) ४ (ग) ५ (घ) ६
२, सन् २०२२ मा सम्पन्न साफ यु–२० फुटबल च्याम्पियनसिपको उपाधि कुन देशले प्राप्त गरेको थियो ?
(क) पाकिस्तान (ख) भारत (ग) श्रीलङ्का (घ) माल्दिभ्स
३, नेपालको सबैभन्दा पुरानो अस्पताल भनेर चिनिने वीर अस्पताल कुन राणा प्रधानमन्त्रीको पालामा बनेको हो ?
(क) चन्द्रशमशेर (ख) देव शम्शेर (ग) वीर शम्शेर (घ) जङ्गबहादुर
४, मञ्जुश्रीको ३३ फिट अग्लो प्रस्तर मूर्ति कहाँ स्थापना भएको छ ?
(क) नागार्जुन (ख) चन्द्रागिरी (ग) फर्पिङ (घ) चोभार
५, सिसेक्पा तङ्नाम भन्नाले नेपालको कुन समुदायमा प्रचलित पर्व भनेर बुझिन्छ ?
(क) लिम्बू (ख) राई (ग) थारु (घ) माझी
६, एउटै प्राणीमा भाले र पोथी दुवै अङ्ग हुने जीव कुन हो ?
(क) साङ्ला (ख) कमिला (ग) गड्यौला (घ) झिँगा
७, सङ्गीत शास्त्रको मूल वेदको नाम के हो ?
(क) धनुर्वेद (ख) सामवेद (ग) आयुर्वेद (घ) सामवेद
८, नेपालको सार्क राष्ट्रहरूमा पछिल्लो समय दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ?
(क) माल्दिभ्स (ख) पाकिस्तान (ग) भूटान (घ) श्रीलङ्का
९, नेपालको इतिहास प्रसिद्ध भण्डारखाल पर्व कति सालमा भएको थियो ?
(क) २००२ साल (ख) २००३ साल (ग) २००४ साल (घ) २००५ साल
१०, विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन देशमा सञ्चालित छ ?
(क) कोरिया (ख) क्यानाडा (ग) जापान (घ) चीन)
११, नेपालमा छापाखानाको सुरुवात कति सालमा भएको हो ?
(क) १९०८ साल (ख) १९०९ साल (ग) १९१० साल (घ) १९११ साल
सही उत्तर
१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(क), ६–(ग), ७–(घ), ८–(ग), ९–(ख), १०–(घ), ११–(क)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो