बुधबार, १९ मङ्सिर २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा बाढी, १८ जनाको मृत्यु

सोमबार, १३ भदौ २०७९, १७ : ५९
सोमबार, १३ भदौ २०७९

अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा आएको बाढीका कारण आइतबार कम्तीमा १८ जनाको मृत्यु  भएको छ भने अन्य ४० जना घाइते भएका छन् । आइतबार दिउँसो उक्त प्रान्तको सार्कानो जिल्लाका अधिकांश गाउँ बाढीले बगाएको र महिला र बालबालिकासहित १८ जनाको मृत्यु भएको छ  भने ४० जना घाइते भएका छन् ।

अविरल वर्षा र बाढीका कारण सो जिल्लामा ५ सय ७९ घर ध्वस्त भएको बताइएको छ । त्यसैगरी गरी भारी वर्षाका कारण आएको अचानक बाढीका कारण दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा शनिबार दुई बालबालिका सहित सात जनाको ज्यान  गएको छ  भने  अन्य ११ जना घाइते भएका छन्।

अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण गत एक महिनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको  छ भने  २५० भन्दा बढी घाइते भएको अधिकारीहरूले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप