शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिस रकद्वारा ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार

मङ्गलबार, १४ भदौ २०७९, १५ : २२
मङ्गलबार, १४ भदौ २०७९

ओस्कार समारोहमा अभिनेता विल स्मिथको थप्पड काण्ड सायद कसैले बिर्सिएका छैनन् होला । ओस्कार २०२२ मा अभिनेता स्मिथले अवार्ड होस्ट गर्ने क्रिस रकलाई थप्पड हानेका थिए । उनको व्यवहारले सबैलाई आश्चर्यचकित बनाएको थियो । यो घटनापछि उनले माफी मागिसकेका छन् ।

यता क्रिस रकले भने अर्को वर्ष हुने ओस्कर अवार्ड होस्ट गर्न अस्वीकार गरेका छन् । यसको पछाडिको कारण विल स्मिथको थप्पड रहेको बताइएको छ । सुपर बलको विज्ञापनमा पनि उनी संलग्न नहुने बताइएको छ ।

क्रिसले आइतबार फिनिक्स, एरिजोनाको एरिजोना फाइनान्सियल थिएटरमा कमेडी शोको क्रममा यो खुलासा गरेका हुन् । ओस्कर २०२३ को आयोजना गर्ने प्रस्तावको बारेमा चर्चा गर्दै क्रिस रकले भने, "यो त कसैलाई आफ्नो मृत्यु भएको ठाउँमा जान आग्रह गर्नु जस्तो कुरा भयो ।"

अवार्डको क्रममा क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको मजाक उडाएका थिए । तर विल स्मिथलाई यो मजाक पटक्कै मन परेन र उनी स्टेजमा गएर क्रिस रकलाई आक्रमण गरेका थिए। घटनापछि एकेडेमीले स्मिथमाथि १० वर्ष प्रतिबन्ध लगाएको थियो ।

पत्रिका डटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप