गाडीलगायत १० वस्तुको आयात प्रतिबन्ध अझै लम्बिने
मंगलबार, १४ भदौ २०७९, १६ : १९
गत वैशाखदेखि जारी विलासीता तथा अतिरिक्त वस्तुहरुको आयात प्रतिवन्ध अझै लम्बिने भएको छ । सरकारले गत वैशाख १३ गतेदेखि गाडीलगायत सुर्तीजन्य तथा मदिराजन्य वस्तु, खेलौना, लेज, कुर्मुरे, कस्मेटिक सामग्री लगायतका १० प्रकारका वस्तुहरुको आयात प्रतिवन्ध लगाएको थियो । सोही प्रतिवन्ध थप कायम हुने भएको हो ।
यसअघि जेठ १३ गतेसम्मका लागि यी वस्तुहरुको आयातमा एलसी प्रतिवन्ध लगाएकोमा थप प्रतिवन्ध लम्ब्याउँदै सरकारले भदौ १४ गते (आजसम्म) सारेको थियो । तत्कालका लागि प्रतिबन्धित आयात खुल्ला गर्ने स्थिति नरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, कहिलेसम्म यस्तो प्रतिवन्ध जारी रहन्छ, सो भने मन्त्रालयले खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको ७४ औं गणतन्त्र दिवस मनाइयो
-
आथिया-राहुललाई उपहारको वर्षा : ५० करोड भारुको अपार्टमेन्ट, २.१७ करोडको कार
-
बाबर आजम वर्षको उत्कृष्ट पुरुष क्रिकेटर घोषित
-
बैंकहरुमा तरलता थुप्रियो, रिभर्स रिपोमार्फत राष्ट्र बैंकले पैसा उठाउँदै
-
मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्छ : जनमत पार्टी
-
कामपाले दियो खड्गी समुदायका गुठीलाई ४७ लाख