बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
सुखदुःखका कुरा

'अरूलाई सुखदुःखको कारण ठान्नु भनेको आफ्नै दुःख बढाउनु हो'

बुधबार, १५ भदौ २०७९, ११ : ३३
बुधबार, १५ भदौ २०७९

१, सुख र दुःख भन्ने कुरा मनको खेल बाहेक केही होइन । जब हामी सुखले छाडेपछि त्यसको सम्झना गर्न थाल्छौँ त्यही नै दुःख हो । 
२, जब हामी सुखको लोभ गर्न थाल्छौँ तब त्यही लोभ नै दुःखको कारण बन्न पुगिरहेको हुन्छ ।  
३, जब हामी आफू र आफ्नो कर्तव्यलाई भुलेर सुखसयलमा रमाउन थाल्छौँ त्यतिबेला हामीलाई र हाम्रो कर्तव्य बोध गराउन दुःख आउने गर्छ । 
४, साँच्चै भन्नुपर्दा हामीलाई सुख के हो र दुःख के हो भन्ने नै थाहा छैन । किनकि हामीले आफ्नो मनको इच्छा पूरा हुनुलाई सुख र नहुनुलाई दुःख मान्ने गरेका छौँ तर वस्तविकता त्यस्तो होइन, छैन ।  
५, जब मानिस वास्तविक रूपमा दुःखी हुन्छ वा रहन्छ तब उसलाई कुनै पनि प्रकारको सुख भोग गर्ने इच्छा हुँदैन । किनकि उसका समग्र भोगवासना वा भोग गर्ने चाहना सदाका लागि समाप्त भइसेकेको हुन्छ ।

६, जब मानिसमा समग्ररूपमा संसारिक वासनाप्रति वितृष्णा पैदा हुन्छ त्यसैले नै उसलाई भगवान्सित मिलाउने काम गरिरहेका हुन्छ । किनकि भगवान्प्रति सम्मुख र संसारप्रति विमुख गराउने माध्यम भनेकै वासना निवृत्ति हो । 

७, जसले आफ्नो दुःख र सुखको कारण अरूलाई मान्ने गरेको छ उसको पतन निश्चित छ । किनकि जुन पदार्थ वा मानिसलाई सुख मान्ने गरिएको हुन्छ त्यसप्रति अनुराग र जुन पदार्थ वा मानिसलाई दुःख मान्ने गरिएको छ त्यसप्रति द्वेष उत्पन्न हुन्छ र अन्ततः यही नै पतनको कारण बन्न पुगिरहेको हुन्छ । 

८, जतिसुकै प्रिय लागे पनि कुनै पनि पदार्थ वा मानिसको संयोगले सँधै सुख दिँदैन, दिनै सक्दैन । किनकि जति नै  प्रिय लागे पनि त्यस्ता पदार्थवा मानिसको संयोगबाट अलग हुनैपछ, अलग भएकै हुन्छ । साँच्चै ती मानिस वा पदार्थमा सुख हुन्थ्यो भने उसले  कहिल्यै छाड्ने थिएन । 

९, जबसम्म हामी संसारिक पदार्थबाट केही पाउने आशा गछौँ तबसम्म सुखी हुन सक्दैनौँ । किनकि संसारिक पदार्थ अनित्य भएकाले हामीलार्ई जे मिलेको छ त्यसको बिछोड अवश्यम्भावी छ । 

१०, प्रायः मानिस धेरै अधिकार वा सम्पत्ति मिलेपछि सुखी हुन सकिन्छ भन्ने ठान्छन् तर यथार्थ त्यस्तो छैन । किनकि जति बढी अधिकार र सम्पत्ति प्राप्त हुन्छ त्यति नै रोग, भोग, भोगाशक्ति र डर बढी रहेको हुन्छ ।  

११, जतिबेलासम्म हामी सुखका लागि सांसारको पछि दौडिने गछौँ त्यतिबेलासम्म सुख पाउन सक्दैनौँ । किनकि संसारमा सुख छँदैछैन । हामीले संसारमा जुन सुख देखेका छौँ त्यो लागेको मात्र हो ।   
स्रोत विभिन्न पत्रपत्रिका
                                     


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप