बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टाइगर श्रोफले विमानभित्र रोमान्स गरिसकेका छन्, करण जोहरले भने, ‘मैले गर्दा त समातिएँ’

बिहीबार, १६ भदौ २०७९, १४ : ३७
बिहीबार, १६ भदौ २०७९

करण जोहरको च्याट शो कफी विद करणले निकै चर्चा बटुलिरहेको छ । कार्यक्रममा सेलिब्रिटी पाहुनाले मात्रै होइन, करण जोहर आफैँले पनि आफ्नो जीवनबारे खुलासा गरिरहेको देखिएका छन् । अब करणले आफ्नो बारे एउटा यस्तो खुलासा गरेका छन् जुन सुनेर सायद तपाईंलाई पनि अचम्म लाग्ला ।

टाइगरले हावामा गरेका छन् मेकआउट

कफी विद करण शोमा यसपटक टाइगर श्रोफ र कृति सेनन देखिने भएका छन् । कफी काउचमा यी दुबै स्टार्स आफ्नो लभ लाइफको विषयमा विभिन्न खालका खुलासा गरिरहेको देखिएका छन् । कृति र टाइगरको अगाडि करणले पनि आफ्नो एउटा गोप्य कुरा सार्वजनिक गरेका छन् ।

वास्तवमा शोमा एक र्यापिड फायर राउन्डका बेला करण जोहरले टाइगर श्रोफलाई सोधे, ‘त्यो कुन अचम्मको स्थान हो, जहाँ तपाईंले मेकआउट गर्नुभएको छ ?’ यसमा टाइगरले भने, ‘हावामा.... मलाई लाग्छ यो अचम्मको स्थान होइन, मेरा लागि यो निकै उत्साहजनक हो ।’ टाइगरको यो खुलासामा करण जोहर निकै प्रभावित भएको देखिन्छन् । उनी भन्छन्, ‘ओह ! माइल हाई क्लब ? तिमी पनि सदस्य हौ । मलाई थाहा छैन, मानिसहरु कसरी गर्छन् । हामी यो कार्यक्रमपछि यसबारे कुरा गर्नेछौँ ।’

जब करण जोहरले मेकआउट गरे तब...

करण जोहरले त्यसपछि आफ्नो एउटा दुर्घटनाबारे कुरा गर्छन् । उनी भन्छन्, ‘मेकआउट गर्ने कोसिस गरेको थिएँ तर टोयलेट त्यति ठूलो थिएन । मेरो भाग्य हेर, म समातिएँ, मेरा लागि यो निकै गडबड खालको स्थिति थियो ।’

करणले पहिला पनि आफ्ना सहकर्मीसँग जीवनसाथीबारे आफ्नो अनुभवबारे कुराकानी गरिसकेका छन् । उनले भनेका थिए, ‘मलाई सबैभन्दा ठूलो पछुतो यो कुराको छ कि मैले जीवनमा त्यो पाटोलाई त्यति महत्व दिइनँ । मलाई लाग्छ कि अब त्यसको लागि ढिला भइसकेको छ । जीवनसाथी खोज्नका लागि अब ढिला भइसकेको छ । मलाई के लाग्छ भने एक जीवनसाथीले तपाईंका लागि जे गर्न सक्छ त्यो अभिभावक, बालबच्चाले पुरा गर्न सक्दैनन् । त्यो स्थान तपाईंको पार्टनरका लागि मात्रै हुन्छ, सम्बन्ध रोमान्सका लागि हुन्छ । मेरो जीवनको यो खाली छ र यो कुराको मलाई धेरै नै पछुतो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप