शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरभित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणका लागि खुला

बिहीबार, १६ भदौ २०७९, २० : ४८
बिहीबार, १६ भदौ २०७९

पोखरा महानगरपालिकाले निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख धनराज आचार्यले न्युरोडस्थित सिटी स्क्वायर प्रा.लीबाट निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरेका हुन्।  

सो अवसरमा प्रमुख आचार्यले पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालयको शुभारम्भ गरिएको जनाउँदै यसको सङ्ख्या १०० पुर्‍याइने बताए । 'हामीले सर्वसाधारणका लागि शौचालय उपयोगका सन्दर्भमा विभिन्न बैक तथा वित्तीय संस्था र व्यक्तिहरूसँग पनि कुराकानी गरिरहेका छौँ, यसको सङ्ख्या १०० पुर्‍याइने छ,' उनले भने, 'एक वर्षभित्रमा महानगरका मुख्य-मुख्य चोक र सार्वजनिक स्थलहरूमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।'  महानगरभित्र ३२ स्थानका ७२ वटा शौचालयहरू सर्वसाधारणहरूको उपयोगका लागि खुला गरिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप