भेनस दिदीबहिनी पहिलो चरणबाटै बाहिरिए
शुक्रबार, १७ भदौ २०७९, १० : ३२

सेरेना र भेनस विलियम्सको जोडी यूएस ओपनको पहिलो चरणमा नै पराजित भएको छ । सन् २०१८ पछि पहिलोपटक सँगै खेलिरहेका दिदीबहिनी चेक जोडी वलुसी ह्राडेका र लिन्डा नोस्कोभासँग ७–६ (७–५) ६–४ ले पराजित भएका हुन् ।
कीर्तिमानी अमेरिकी जोडीले यसअघि १४ वडा ग्रान्ड स्लाम डबल्स उपाधि जितेका थिए । ४० वर्षीया सेरेनाले प्रतियोगितापछि सन्यास लिने बताएकी छन् भने उनी दिदी ४२ वर्षीया भेनसले आफ्नो योजना सार्वजनिक गरेकी छैनन् ।
सेरेनाले शुक्रबार महिला सिंगल्सको तेस्रो चरणमा अस्ट्रेलियाकी अजिला टोम्लजानोभिचसँग प्रतिस्पर्धा गर्दैछिन् । भेनस भने पहिलो चरणमा नै बाहिरिएकी थिइन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा