तीन दिनसम्म शौचालयमा थुनिइन् महिला, त्यसपछि...

person explore access_timeभदौ १७, २०७९ chat_bubble_outline0

५४ वर्षकी एक थाई महिला दुर्घटनावश घरको शौचालयमा थुनिइन् । सहायताका लागि ढोकामा हानिन् कसैले सुनेनन् । उनको रुवाई, चित्कारको आवाज पनि कसैको कानमा परेन । थाकिन् र शौचालयभित्रै मृत्युको प्रतीक्षा गरिन् ।


एक्लै बस्नुका पक्कै पनि थुप्रै फाइदा छन् विशेषगरी ती व्यक्तिका लागि जो आफ्नो गोपनियतामा रमाउँछन् । तर यसका बेफाइदा पनि छन्, यसको पछिल्लो उदाहरण यी महिला नै बनेकी छिन् । बैंकककी यी महिलाको नाम थाई मिडियाले सार्वजनिक गरेको छैन । उनी २२ अगस्टमा आफ्नो घरको शौचालय गइन् तर त्यसपछिको तीन दिनसम्म उनी त्यहाँ नै थुनिन्छिन् भन्ने उनले सपनामा पनि सोचेकी थिइनन् । उनले ढोका बन्द गर्ने बित्तिकै बिग्रिएको ढोकाले उनको शौचालयलाई जेलमा परिणत गरिदियो । उनले त्यतिबेला मोबाइल फोनसमेत लगेकी थिइनन्, खानेकुरा र पानीको त कुरै नगरौँ । थुनिएको थाहा पाएपछि उनले ढोकामा बेस्सरी हानिन्, चिच्याइन् तर उनलाई बचाउन कोही पनि आएनन्...



उनले आफ्ना छिमेकी र बटुवाको ध्यान खिच्ने प्रयास धेरै नै गरिन् तर कसैले पनि उनको रोदन सुनेनन् त्यसैले उनले धाराको पानीमा बाँच्नु पर्यो । दुई दिनपछि उनी असाध्यै थाकिन् र मृत्यु निश्चित देखेपछि क्रिमले शौचालयको भित्तामा अन्तिम मेसेज लेखिन् ।



तर उनी भाग्यमानी थिइन् । उनकी बहिनीले उनलाई धेरैपटक फोन गरिसकेकी थिइन् । तर फोन नउठेपछि उनी आत्तिइन् र उनी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् । ती महिलाको खोजीमा टोली गठन गरियो । सबैभन्दा पहिला टोली उनको घरमा गए । गेटमा कसैले केही प्रतिक्रिया नदिएपछि उनीहरुले फलामको गेट चढेर घरभित्र जाने निर्णय गरे ।

टोली महिलाको घरभित्र पुगे र शौचालयको ढोका फोडे । प्रहरीले ती महिलालाई निकै कमजोर अवस्थामा फेला परे । उनले तीन दिनसम्म केही खाएकी थिइनन्, त्यसैले पनि उनी कमजोर हुनु स्वभाविक थियो । उनलाई नजिकैको अस्पताल लगियो । त्यसपछि प्रहरीले शौचलयको भित्तामा लेखिएका मेसेजको फोटो खिचे, जसमा लेखिएको थियो –

‘म अगस्ट २२ देखि शौचलयमा थुनिएकी छु । यदि म मरेँ भने मेरो इच्छाको ख्याल राख्न जे लेकलाई दिनु । टुकको सम्पत्ति तुवा टुन टुमलाई दिनु । मैले बाँच्न धाराको पानी खाएँ । पानी नखाएको भए म मरिसक्थेँ । मैले ढोका फोड्न खोजेँ, म चिच्याएँ तर मलाई कसैले पनि सुनेनन् ।’

ती महिलाको स्वास्थ्य अवस्था हाल राम्रो छ र छिट्टै नै पूर्ण रुपमा स्वस्थ हुने अनुमान गरिएको छ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।