शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाद्वारा ताइवानलाई नयाँ हतियार उपलब्ध गराउने घोषणा

शनिबार, १८ भदौ २०७९, ०९ : ३१
शनिबार, १८ भदौ २०७९

बेइजिङसँग बढ्दो तनावबीच  टापुको प्रतिरक्षालाई बढावा दिन संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई १।१ अर्ब डलरको नयाँ हतियार प्याकेज सहयोगको घोषणा गरेको छ । 

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेको एक महिनापछि अमेरिकाले उक्त टापुलाई हतियार प्याकेज घोषणा गरेको हो । 

उक्त सहयोग ताइवानको सुरक्षाका लागि अपरिहार्य भएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् । 'हामी बेइजिङलाई ताइवानविरुद्धको सैन्य, कूटनीतिक र आर्थिक दबाब बन्द गर्न र ताइवानसँग अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गर्दछौं,' प्रवक्ताले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप