शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले निकट प्राध्यापकहरू भन्छन्– शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडा भए

शनिबार, १८ भदौ २०७९, १३ : ४७
शनिबार, १८ भदौ २०७९

नेपाल प्रगतिशील प्राध्यापक संघले मधेस प्रदेशको उच्चशिक्षा अति राजनीतिकरण भएको आरोप लगाएका छन् । संघको दोश्रो प्रदेश सम्मेलनमा मधेश प्रदेशमा उच्चशिक्षा कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक संस्थाहरू राजनैतिक षडयन्त्रका अखडाको रुपमा स्थापित भएको प्रति प्राध्यापकहरूले चिन्ता व्यकत गरेका हुन् । 

हरेक क्याम्पसमा हुने राजनैतिक भागबन्डा र क्याम्पस सञ्चालनमा सग्लन व्यक्तिको गुण दोषको आधारमा नभइ राजनैतिक आस्थाका आधारमा सहयोग गर्ने परिपाटीको विकास हुँदै गएको उनीहरूको भनाइ छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार मधेश प्रदेशमा एक सय ३१ वटा क्याम्पस छन् । जसमध्ये सातवटा आङ्गिक क्याम्पस, समबन्धन प्राप्त ४२ वटा सामुदायिक क्याम्पस र ८२ वटा निजी छन् ।

प्रध्यापकहरूले मधेश प्रदेशमा नियमित पठनपाठन नहुने, शैक्षिक गुणस्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सरकारको उदासिनतालाई लिएर आपत्ति जनाएका छन् । उच्च शिक्षाको जिम्मेवारी प्रदेशलाई दिएपनि सुधारको लागि प्रदेश सरकारले देखाएको उदासिनता नै परिणामस्वरूप उच्च शिक्षाको स्तर खस्कदै गएको प्राध्यापकहरूको बुझाइ छ । सम्मेलनको आयोजना नेकपा एमाले निकट प्राध्यापक संघले गरेको हो ।

मधेश प्रदेशका १३१ वटा क्याम्पसमध्ये बारामा नौ वटा, धनुषामा २७ वटा, महोत्तरीमा १२ वटा, पर्सामा १५ वटा, रौतहटमा १६ वटा, सप्तरीमा २० वटा, सर्लाहीमा ११ वटा र  सिरहामा १३ वटा क्याम्पस छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप