दैलेख क्षेत्र–१ मा उम्मेदवारी :  एमालेलाई पूर्व माओवादीको टक्कर

person explore access_timeभदौ १८, २०७९ chat_bubble_outline0

सुर्खेत । नेकपा एमालेको जनाधार बलियो रहेको दैलेख क्षेत्र नं.–१ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा एमालेका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा, केन्द्रीय सदस्य धर्मराज रेग्मी र रेखा थापा रहेका छन् । 


तीन जनामध्ये रेग्मी र शर्मा नै बलिया सम्भावित उम्मेदवार हुन् । ०७४ मा प्रतिनिधि सभा चुनाव जितेका शर्माको विकल्पमा पूर्व माओवादी नेता रेग्मीको दाबेदारीपछि टिकट कसको हातमा आउँछ भन्ने चासोका साथ हेरिएको छ । 



रेग्मीले ०७४ मा प्रदेश सभा (क) मा माओवादीबाट प्रत्यक्ष चुनाव जितेका थिए । उनी कर्णाली प्रदेश सभामा नेकपा विभाजन भएपनि एमालेतर्फ लागेका थिए । रेग्मी बौद्धिक छवि भएका नेता हुन् भने उनी एमालेको केन्द्रीय कानुन विभागको उपप्रमुख समेत हुन् । 



०७४ मा  उनी १० हजार ३६१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७६५ मत प्राप्त गरेका थिए । नेकपा विभाजनपछि माओवादी त्यागेर एमालेमै रहेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने एमालेसँग बाध्यता छ । 

रेग्मीले पनि माओवादी त्यागेर आएको र एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ निकट भएका कारण उनको पल्ला भारी हुने सम्भावना बढी रहेको एमाले नेताहरूको बुझाई छ । शर्मा पनि जिल्लामा बलियो नै छन् । उनले ०७४ मा २३ हजार ७७३ मत प्राप्त गरेका थिए । कांग्रेस–राप्रपाका साझा उम्मेदवार दीपक कुमार शाहीले १७ हजार २५२ मत ल्याएका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।