सवारी चालकको लागूपदार्थ सेवन जाँच सुरु, तस्बिरहरु हेर्नुहोस्
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चालकले लागु पदार्थ सेवन गरेको वा नगरेकोबारे पुनः परीक्षण गर्न थालेको छ । शनिवार बालाजुस्थित बनस्थलीमा ट्राफिक प्रहरीले लामो र छोटो दुरीका सवारी चालकले लागु औषध सेवन गरेको वा नगरेको बारे परीक्षण गरेको छ ।
शनिवार २५ जना चालकको स्याम्पल परीक्षण गरिएको तर, नेगेटिभ रिपोर्ट आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरीले पुनः लागु पदार्थ सेवनबारे परीक्षण गर्न थालेको हो ।
यसअघि साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट यात्रु ओसार पसार गर्ने ट्याक्सी चालकले लागुपदार्थ सेवन गरे नगरेको परीक्षण गरेर सो अभियान शुरु गरिएको थियो । बीचमा टेष्ट किटको अभावले परीक्षण रोकिएको डीआईजी चौधरीले बताइन् । सवारी चालकको पिशाव ‘टेष्ट किट’मा राखेर ड्रग्स सेवनको अवस्था र मात्रा बारे परीक्षण गरिन्छ ।
उपत्यका ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण गर्न यसअघि धुलिखेलस्थित बागमती प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशालले प्राविधिक सहयोग गरेको थियो । मादक पदार्थ सेवन परीक्षण नियमित गरिएपनि उपत्यकामा लागु पदार्थ सेवन गर्नेहरुलाई नियमित परीक्षण गरिएको थिएन ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ मन्त्रीको वरीयताः सुधनलाई पाँचौं, महावीर आठौं
-
मन्त्रिमण्डल पुनर्गठनः गृहमन्त्री र नवप्रवर्तनमन्त्रीमा गुरुङ–पुनले लिए सपथ
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण