विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

नेपाल समाजवादी पार्टीबाट गोरखा-१ मा रुपनारायण श्रेष्ठ सिफारिस

आइतबार, १९ भदौ २०७९, १२ : २५
आइतबार, १९ भदौ २०७९

आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनको लागि नेपाल समाजवादी पार्टीले गोरखा जिल्लाका उम्मेदवारहरु सिफारिस गरेको छ । शनिबार बसेको गोरखा जिल्ला समितिको बिस्तारित बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको लागि प्रत्यक्ष तर्फको उम्मेदवारहरु सिफारिस गरेको हो । 

समाजवादी विद्यार्थी युनियनको निवर्तमान अध्यक्ष रुपनारायण श्रेष्ठलाई नेपाल समाजवादी पार्टीले जिल्लाबाट प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस गरेको छ ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको गृह जिल्ला गोरखामा नेपाल समाजवादी पार्टीले निम्न अनुसार उम्मेदवार सिफारिस गरेको छ :
निर्वाचन क्षेत्र नं १ - रुपनारायण श्रेष्ठ, यान प्रसाद भट्ट 
निर्वाचन क्षेत्र नं २- डा. बाबुराम भट्टराई 
निर्वाचन क्षेत्र १ क - गोपाल बाबु श्रेष्ठ, ज्योती कोइराला, कुमार  गुरुङ 
निर्वाचन क्षेत्र १ ख - राजेन्द्र पराजुली 
निर्वाचन क्षेत्र २ क - ज्ञानेन्द्र कुमाल, दुर्गा भट्टराई, उपेन्द्र देवकोटा 
निर्वाचन क्षेत्र २ ख - रमेश पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप