पकौडाप्रेमी बेलायतका यी जोडी, जसले बच्चाको नामनै यही राखिदिए

मानिसहरू प्रायः आफ्ना सन्तानलाई सकेसम्म प्यारो र राम्रो अर्थ आउने नाम दिन खोज्छन् । तर बेलायतका एक दम्पतीले आफ्नो बच्चालाई दक्षिण एसियाली खानाको नाम दिएका छन् । आयरल्यान्डको न्यूटाउनअबेमा बस्दै आएका उक्त दम्पतीले शिशुको नाम ‘पकोरा’ राखेका छन् । भारतमा पकोरा भनिने यो खानालाई नेपालमा भने पकौडा भनिन्छ ।
भारतीय परिकार पेस गर्दै आएको ‘द क्याप्टन्स टेबल’ नामक न्यूटाउनअबेको चर्चित रेस्टुरेन्टले सामाजिक सञ्जालमा बच्ची र उनको नामसहित फोटो शेयर गरेपछि अहिले भारतीय मिडियामा यसको चर्चा भइरहेको छ । सोही रेस्टुरेन्टमा नियमित आउने शिशुका आमाबुवालाई त्यहाँको पकोरा (पकौडा) एकदम मन पर्थ्यो, यति धेरै की तिनले आफ्नो नवजात शिशुको नाम नै पकोरा राखे ।
रेस्टुरेन्टले फेसबुक र ट्वीटरमा राखेको पकोरा नामक शिशुको फोटो अहिले ब्रिटिस सामाजिक संचालन प्रयोगकर्तामाझ चर्चित भइरहेका भएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरूले उक्त तस्बिर सेयर गर्दै रमाइलो प्रतिक्रिया दिइरहेका छन् ।
एक जना प्रयोगकर्ताले लेखेका छन्,‘मेरो दुई बच्चा छन् । तिनको नाम चिकेन र टिक्का हो । अर्का प्रयोगकर्ताले भने व्यङ्ग्यात्मक रुपमा लेखेका छन् ,‘ म गर्भावस्थामा धेरै केरा र तरबुजा खान्थे । भगवानलाई धन्यवाद मैले मेरो इन्द्रिय प्रयोग गरेँ र मेरा बच्चाहरूको नाम केरा र तरबूज राखिनँ ।’ रेस्टुरेन्टको उक्त ट्वीटलाई हालसम्म २६ हजारभन्दा बढीले लाइक गरेका छन् भने १५०० ले रिट्वीट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा
-
अभिनयमा ब्यस्त बन्दै मिस पबी !