पोष्टरमा यस्तो देखियो ‘के घर के डेरा’

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरुको मनोदशा चित्रण गरिएको फिल्ममा एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यको मनोदशा देख्न सकिन्छ । पोष्टरमा अभिनेता दयाहाङ राई, अभिनेत्री सुरक्षा पन्त र बाल कलाकार आयुशी ढकाल देखिएका छन् ।
महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री लगायतको अभिनय देख्न सकिन्छ ।
४ कात्तिकदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सिंगे लामाको कथा छ । दिर्घ गुरुङको छायांकन रहेको फिल्मको शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति
-
१२ पटक विज्ञापन गर्दा पनि आएनन् विज्ञान शिक्षक !
-
प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
मजगैयाँको गजल गीत : ‘के छ ओइ सान्नानी’ मा सुधीर र उषाको अभिनय
-
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
-
पूर्वविशिष्टहरुलाई सुविधा दिन हुँदैनः स्वास्थ्यमन्त्री