मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

पोष्टरमा यस्तो देखियो ‘के घर के डेरा’

सोमबार, २० भदौ २०७९, १६ : २०
सोमबार, २० भदौ २०७९

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को दोस्रो चरणको पोस्टर सार्वजनिक गरिएको छ । पात्रहरुको मनोदशा चित्रण गरिएको फिल्ममा एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यको मनोदशा  देख्न सकिन्छ । पोष्टरमा अभिनेता दयाहाङ राई, अभिनेत्री सुरक्षा पन्त र बाल कलाकार आयुशी ढकाल देखिएका छन् ।

महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा  दयाहाङ, सुरक्षा र आयुशीका अलावा लक्ष्मी गिरी, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री लगायतको अभिनय देख्न सकिन्छ । 

४ कात्तिकदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा सिंगे लामाको कथा छ । दिर्घ गुरुङको छायांकन रहेको फिल्मको शंकर थापा स्माइल र कोशिस क्षेत्रीको संगीत छ ।  ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप