एसिया कप क्रिकेट भारत र श्रीलंका भिड्दै

एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा साविकको विजेता भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।
आजको खेलमा भारत सुपर चारमा पहिलो जित निकाल्ने योजनामा छ । यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
श्रीलंकाले आजको खेलमा जित निकाल्न सकेमा आफूलाई शीर्ष दुईमा बलियो दावेदारी प्रस्तुत गर्नेछ । यता भारतलाई फाइनल सम्भावनालाई जोगाइ राख्न आजको खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्न नसके भारत प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्ने छ । सुपर चारमा सबै टोलीले एकअर्काविरुद्ध खेल्नेछन् । शीर्ष स्थानको दुई टोली फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिस्टा नदीमा बाढी, भारतीय सेनाका २३ जवान बेपत्ता
-
खेलाडीहरू पहिलो पटक रङ्गिन जर्सीमा सजिएको पाँचौँ विश्वकप
-
अमेरिका : केभिन म्याकार्थीलाई सभामुख पदबाट हटाइयो
-
इटालीमा फ्लाइओभरबाट बस खसेर आगलागी हुँदा कम्तीमा २१ जनाको मृत्यु
-
मधेस प्रदेश : अर्थ मन्त्रालयको असहयोगका कारण अवैध रकमान्तर छानबिनमा ढिलाइ
-
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का