मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार अकलेहलाई आफ्नो सैनिकले मारेको इजरायलद्वारा स्वीकार

मङ्गलबार, २१ भदौ २०७९, १२ : २७
मङ्गलबार, २१ भदौ २०७९

प्लेस्टिनी मूलकी अमेरिकी पत्रकार शिरीन अबू अकलेहको मृत्युको करिब चार महिनापछि इजरायलले एक रिपोर्टमा आफ्नो सैनिकमध्ये एकले गल्तीले उनको हत्या गरेको स्वीकार गरेको छ ।

गत मे महिनामा वेस्ट बैंकमा छापा मारेको घटनाको रिपोर्टिङ गर्न पुगेकी अल–जजीराकी पत्रकार अकलेहमाथि गोली प्रहार भएको थियो । यद्यपि, सेनाका शीर्ष कानुनी अधिकारीहरूले हमलामा सामेल सैनिकविरुद्ध आपराधिक जाँच सुरु गर्न भने अस्वीकार गरेका छन् ।

अकलेहको परिवारले इजरायलको स्वीकारोक्तिले आफूहरू ‘अचम्मित’ नभएको बताएको छ । इजरायले लगातार सत्यलाई लुकाउन र हत्याको जिम्मेवारी लिनबाट सधैँ बच्न खोजिरहेको उनीहरूको भनाइ छ ।

गत मे ११ मा वेस्ट बैंकको जिनिनमा इजरायल सेनाले छापा मारेको समाचार कभर गर्न अकलेह त्यहाँ पुगेकी थिइन् । यस दौरान इजरायली सैनिक र प्यालेस्टिाइनका चरमपन्थीबीच झडप सुरु भएको थियो । हमलाको बेला अकलेहले ठुलो अक्षरमा ‘प्रेस’ लेखिएको ज्याकेट लगाएकी थिइन् ।

उनको मृत्युको कारणबारे विभिन्न दाबी गरिएको थियो । प्रत्यक्षदर्शी र प्यालेस्टाइनका अधिकारीहरूले अकलेहलाई इजरायली सैनिकले गोली प्रहार गरेको दाबी गरेका थिए । यस दाबीलाई संयुक्त राष्ट्र संघ र अलग–अलग जाँच एजेन्जसीले समर्थन गरेका थिए । अमेरिकी समीक्षामा पनि इजरायलबाट नै सम्भवतः गोली प्रहार भएको बताइएको थियो ।

अहिले इजरायलको सुरक्षा बलले आन्तरिक जाँच पुरा भएपछि आफ्नो सैनिक जवानले गल्तीले अकलेहमाथि गोली प्रहार गरेको स्वीकार गर्दै ती सैनिकलाई उनी पत्रकार भएको जानकारी नभएको दाबी गरेको छ ।
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप