बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस
बुधबार, २२ भदौ २०७९, ०७ : १८

मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।
बाराको ४ वटा निर्वाचन क्षेत्र मध्ये क्षेत्र नं १ मा गोपाल ठाकुर र श्याम किशोर यादव, क्षेत्र नं २ मा शिवचन्द्र प्रसाद कुश्वाह, निर्वाचन क्षेत्र नं ३ र ४ को लागि क्रमश: गीता कडेल, सोनालाल साह, क्षेत्रबहादुर श्रेष्ठ, जयराम दाहाल र रामराज चौधरीको नाम सिफारिस भएको हो ।
मंगलवार बसेको जिल्ला समन्वय समिति बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फका दावेदार उम्मेदवारहरूको नाम क्षेत्रीय कमिटीमा सिफारिस गरेको हो । सिफारिस भएका ८ जना मध्ये गोपाल ठाकुर पोलिटब्युरो सदस्य हुन् भने क्षेत्रबहादुर श्रेष्ठ, शिवचन्द्र कुश्वाह, गीता कडेल केन्द्रीय सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा विधेयकमाथि विज्ञ र सरोकारवालासँग समितिले राय लिने
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ: मन्त्री बस्नेत
-
तस्बिरमा हेर्नुहोस् वर्षापछि खुलेको काठमाडौँ
-
एमाले कर्णाली अधिवेशन : अध्यक्षका उम्मेदवार शाह अग्रता बढाउँदै
-
एमसिसी परियोजनामा सरकारको पूर्ण सहयोग रहन्छ : मन्त्री बस्नेत
-
एक वर्षमा ७६६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा, एक अर्ब सतहत्तर करोड मागदाबी