बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

युनाइटेड सिमेन्ट्सद्वारा कम्प्युटर तथा सिलाई मेसिन हस्तान्तरण

बिहीबार, २३ भदौ २०७९, १३ : ४६
बिहीबार, २३ भदौ २०७९

युनाइटेड सिमेन्ट्स प्रा. लि. ले धुनिबेसी–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सी हस्तान्तरण गरेको छ । बुधबारका सम्पन्न कार्यक्रममा धुनिबेसी नगरपालिका उप - प्रमुख सुरज उप्रेती, वडा न. ९ का अध्यक्ष माधव प्रसाद सिलवाल , भूतपूर्व वडा अध्यक्ष साहिला राई लगायतको उपस्थिति थियो ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतका दिनहरूमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा यस समाजलाई  हरेक तरहले सहयोग गर्दै आएको कुरा व्यक्त गरे । यसका साथै उनले त्यसै वडा कार्यालयको रोहबरमा परिचालन हुने गरी केही वर्ष पहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप