शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘दराज महोत्सव सेवाग्राहीसँग अन्तरक्रिया र रमाइलो गर्न आयोजना गरिएको हो’

दराज महोत्सवमा किनमेल हैन, रमाइलो हुन्छ
शुक्रबार, २४ भदौ २०७९, १० : ३६
शुक्रबार, २४ भदौ २०७९

ई–कमर्स कम्पनी दराजले यही भदौ २५ गते काठमाडौँको भृकुटीमण्डपमा दराज  महोत्सवको आयोजना गर्दैछ । कम्पनीले आफ्ना सेवाग्राहीसँग अन्तक्र्रिया गर्ने लक्ष्यसहित यो एक दिने महोत्सव आयोजना गरेको हो । यो महोत्सवमा किनमेल र बिक्रीवितरणभन्दा रमाइलो र अन्तरक्रियालाई बढी महत्त्व दिइएको कम्पनीले जनाएको छ । यही विषयमा केन्द्रित रही रातोपाटीले दराजकी मार्केटिङ प्रमुख प्रनयना केसी​सँग गरेको कुराकानीको सम्पादित अंश–

तपाईंहरूले दराज महोत्सवको आयोजना गर्दै हुनुहुन्छ, कस्तो महोत्सव हो यो ?
दराजले पहिलो पटक यस्तो मास इभेन्टको आयोजना गर्न लागेको हो । दराजका हरेक महोत्सवमा अप्रत्यक्ष रूपमा ग्राहक नै संलग्न हुन्छन् । तर यो महोत्सव चाहिँ आफ्ना ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने लक्ष्यसहित आयोजना गरिएको एक दिने मेला हो । यस वर्ष दराजका प्रयोगकर्तासँग नजिकै बसेर कसरी सेलिब्रेट गर्ने भन्ने योजना बनाएका छौँ । यसकारण पनि महोत्सवमा सबै सहभागी हुन् भनेर निःशुल्क प्रवेशको व्यवस्था गरेका छौँ । यसमा सहभागी हुनका लागि ग्राहकहरूसँग दराजको एप हुन जरुरी छ ।

यो महोत्सव कहिले र कहाँ आयोजना हुँदै छ ? 
यो महोत्सव यही भदौ २५ गते (१० सेप्टेम्बर) मा भृकुटीमण्डपमा आयोजना हुँदैछ । सेवाग्राहीसँग दराज एप छ भने निःशुल्करूपमा दराजको महोत्सवमा सहभागी हुन सक्नुहुनेछ । एपमार्फत सबै वस्तु किन्न पाइन्छ । तर यो महोत्सवमा किनमेलभन्दा पनि रमाइलो गर्ने हो । आउनुहोस् र रमाइलो गर्नुहोस् हामीसँग । किनभने जहिले पनि व्यापारको मात्रै कुरा हुँदैन । त्यसैले सबै ग्राहकलाई आउनुहोस्, हामीसँग रमाइलो गर्नुहोस्, सँगै मिलेर नाचगान गरौँ भन्न चाहन्छु । 

यस महोत्सवमा विशेष निम्ता चाहिँ कसलाई छ ?
हामीले अहिलेसम्म आफ्ना प्रयोगकर्तालाई दराज एपमा मात्रै अन्तरक्रिया गरिरहेका छौँ । तर यस कार्यले व्यक्तिगत र प्रत्यक्ष रूपमा सेवाग्राहीसँग अन्तरक्रिया गर्न हामीलाई मद्दत पुग्छ । यो महोत्सवको लक्ष्य पनि यही हो । यसमा कसैलाई पनि विशेष निम्तो छैन ।  यसमा बच्चादेखि वृद्धसम्म सबै आएर रमाइलो गर्न सक्नुहुनेछ । यस महोत्सवमा बच्चाहरूका लागि गेमहरू राखिएका छन् । यसमा सेलिब्रेटीहरू समेत आएर प्रस्तुति दिनुहुनेछ ।

प्रस्तुति दिन को–को उपस्थित हुनेछन् ?
सबै उमेर समूहहरूलाई ध्यानमा राखेर प्रस्तोताको व्यवस्था गरिएको छ । महोत्सवमा सुशान्त केसी, स्वप्न सुमन र समीर श्रेष्ठलगायत सहभागी हुनेछन् । डान्स पर्फमेन्स पनि छ । यस्तै, महोत्सवमा दराजका कर्मचारीहरूले समेत प्रस्तुति दिनुहुनेछ ।

दशैँ धमाकाको बारेमा थप प्रष्ट पारिदिनुस् न ?
दशैँ धमाका नेपालीहरूको महान् चाड दशैँ र तिहारलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको योजना हो । यसमा खासगरी दशैँ र तिहार लक्षित किनमेलमा विशेष अफरको व्यवस्था छ । यस पटक दशैँ धमाकामा सेवाग्राहीले सोचेभन्दा स्पेसल अफर पाउने छन् ।

दराज महोत्सवमा उपस्थित हुन नसक्नेहरुका लागि अन्य केही उपाय पनि छन् ?
यसको उपाय पनि छन् । हामीले दराज लाइभ भन्ने फिचर पनि सञ्चालनमा ल्याएका छौँ । दराजको एपमार्फत यो लाइभमा सहभागी बन्न सकिनेछ र दराज महोत्सवको मज्जा लिन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप