शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : प्रकाशमान सिंह

शुक्रबार, २४ भदौ २०७९, १२ : १३
शुक्रबार, २४ भदौ २०७९

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताएका छन् । शुक्रबार काठमाडौंको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले नारालाई काममा रुपान्तरण गर्न जनप्रतिनिधि र समुदायबीच सहकार्य हुनुपर्ने बताए । नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी पनि गरे । उनले समुदायमा काम गर्दा पारदर्शी रूपले गर्नुपर्ने धारणा राखे ।

नेता सिंह र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठद्वारा सांसद विकास कोष अन्तर्गतको रकमबाट सामुदायिक भवन एवं सुवर्ण पार्क निर्माण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप