बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीपको समर्थनमा प्रदर्शन

शनिबार, २५ भदौ २०७९, ०६ : ५३
शनिबार, २५ भदौ २०७९

सन्दीप लामिछानेको समर्थनमा वीरगञ्जमा शुक्रबार प्रदर्शन गरिएको छ। लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्य तथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका हुन्।

यस क्रममा उनीहरू विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिला मुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्य तथ्य छानबिन गर लगायत भन्दै उनीहरुले नाराबाजीसमेत गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप