शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आगामी बुधबार बस्ने

शनिबार, २५ भदौ २०७९, १० : ५८
शनिबार, २५ भदौ २०७९

आज दिउसो एक बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको हो । 

अर्को बैठक २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ :०० बजे बस्ने संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । 

पछिल्लो समय निर्वाचन नजिकिएसँगै सांसदहरु गाउँघरमा पुग्ने गरेकोले सदनमा उपस्थित हुने संसद्को संख्या न्युन हुँदै गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप