शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न

शनिबार, २५ भदौ २०७९, १२ : २७
शनिबार, २५ भदौ २०७९

द ब्रिटिस कलेज (टीबीसी) ले दीक्षान्त समारोहको आयोजना गरेर ग्रेजुएट भएका विद्यार्थीलाई दीक्षित गरेको छ । शुक्रबार हायात होटलमा एक कार्यक्रमको आयोजना गरेर ग्रेजुएट भएका विद्यार्थीहरूलाई दीक्षित गरेको हो । 

दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहमा ग्रेजुएट भएका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कोरोना महामारीका कारण गत वर्ष सिमित व्यक्तिको सहभागितामा दीक्षान्त समारोह गरिएको थियो । यो वर्ष पनि कोरोना महामारीकै असरका कारण विदेशी पाहुन आउन नसकेको कलेजले जनाएको छ । 

गत वर्ष ४ सय भन्दा बढी विद्यार्थी दीक्षित भएका थिए ।  यो वर्ष १०० भन्दा बढी दीक्षित भएको कलेजले जनाएको छ । कार्यक्रममा लिड्स बेकेट विश्वविद्यालयका डेप्युटी भाईस चान्सलर फिल कार्डेव प्रमुख वक्ताका रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै उनले विद्यार्थीलाई ग्रेजुएट भएको बधाई दिए ।    

कार्यक्रममा पूर्वराजदूत डा. अर्जुन बहादुर कार्कीले विद्यार्थीहरूलाई अबको देश हाँक्ने राजनीतिज्ञ बन्नुपर्ने सुझाव दिएका थिए । नेपाली पढ्न विदेश जान राम्रो भएको र त्यो भन्दा झन् राम्रो विदेशमा पढेर नेपाल फर्किनु रहेको बताए । 

‘हामीले यस्ता भाइबहिनीहरू पायौँ । बहुमूल्य खर्चेर अमेरिका, अस्ट्रेलिया, बेलायत बनाउन जनशक्ति प्रदान गरिरहेका छौँ । म बेलायत बस्दा अमेरिकनलाई अङ्ग्रेजी पढाउन २०० भन्दा बढी नेपाली भेटे । अमेरिकनलाई म्याथमेटिक्स पढाउने ।’ कार्कीले भने । 

हाम्रो बौद्धिक शक्ति विदेशमा बसेर विदेशकै गर्ने हो भने यो देश बनाउने जिम्मा कसको ? उनले प्रश्न गरे । 

विद्यार्थीहरूका डाक्टर, इन्जिनियर, वैज्ञानिक मात्र नभएर राजनीतिज्ञ पनि बन्नु सुझाव दिए । ‘राजनीतिमा लाग्ने मान्छेहरू सबै काम नलाग्ने भए, नपढेका भए भन्ने सुनिरहेका छौँ । पढेलेखेकाहरू ठुलो ठाउँमा बसेर जागिर खाएर अरूको आलोचना गरेर बसिरहेका हुन्छौँ । तर, हामी राजनीतिमा जाने आट गर्दैनौँ । राम्रा मान्छे राजनीतिमा नगएपछि, राम्रा मान्छेले राजनीति नगरेपछि अनि हामी के महसुस गर्छौ भने बेठिक मान्छेबाट हामी शासित भइरहेको कुराको प्रमाणित हुन्छ ।’ उनले भने । 

विद्यार्थीहरूलाई राजनीतिज्ञ बनेर देशको विकास गर्न अघि बढ्न सुझाव दिँदै भने, ‘तपाइहरू राजनीतिज्ञ बन्ने, समाजसेवी बन्ने, आँट गरेर त्यो खालको शिक्षा हासिल गरेर यो देशलाई विश्वका धेरै विकसित देशको दाँजोमा पुर्‍याउनुहुनेछ भन्ने आशा गरेको छु ।’ 

कार्यक्रममा कलेजका संस्थापक राजन कँडेलले कलेजबाट ग्रेजुएट भएका विद्यार्थीले राम्रो सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । कोरोना महामारीका कारण कलेजकी एक्जुकेटिभ प्रिन्सिपल प्रोफेसर मेरी विश्वप, सल्लाहकार जोहन इडवार्डले भिडियो सन्देशमार्फत सम्बोधन गरेका थिए । 

त्यस्तै सल्लाहकारहरू सिद्धान्तराज पाण्डे, मिचेल रुटल्याण्ड लगायतले सम्बोधन गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप