शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

खेलाडीमाथि बलात्कारको आरोप : रोनाल्डोदेखि नेयमारसम्म

शनिबार, २५ भदौ २०७९, १३ : ५९
शनिबार, २५ भदौ २०७९

यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजुरी परेको छ । कुनै खेलाडीलाई बलात्कारको उजुरी परेको यो पहिलो अवसर होइन । विश्व खेलकुदमा खेलाडीहरूमाथि धेरै पटक बलात्कारको आरोप लागेका छन् । 

फुटबलदेखि लिएर अन्य खेलका खेलाडीहरुमाथि बलात्कारको उजुरी परेका छन् । विश्व फुटबलमा चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो, नेयमारजस्ता खेलाडीहरूसमेत यसबाट अछुतो रहन सकेका छैनन् । 

रोनाल्डो

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोमाथि सन् २०१० मा बलात्कारको आरोप लागेको थियो । युनाइटेडका स्टार खेलाडी रोनाल्डोलाई मोडल क्याथरीन मेयोगोले बलात्कारको आरोप लगाएकी थिइन् । 

मेयोगोले सन् २०१८ मा ‘मी टू’ आन्दोलनको क्रममा उनलाई रोनाल्डोले बलात्कार गरेको दाबी गरेकी थिइन् । उनले रोनाल्डोलाई नाइट क्लबमा भेटेको भोलिपल्ट १३ जुन २००९ मा लास भेगासमा बलात्कारको रिपोर्ट गरेकी थिइन् । अहिले रोनाल्डो उक्त केसबाट सफाइ पाइसकेका छन् । 

नेयमार 

ब्राजिलका फुटबल खेलाडी नेयमार जुनियरलाई पेरिसको एक होटलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा जुन २०१९ मा मुद्दा लगाइएको थियो ।  यो कुरा धेरै सातासम्म ब्राजिल र अन्तर्राष्ट्रिय चर्चामा आयो ।  इन्स्टाग्राममा पोस्ट गरिएको सात मिनेटको भिडियोमा पेरिस सेन्ट–जर्मेनका खेलाडीले आफूमाथि बलात्कारको आरोप लागाइएको थियो । नेयमारले भने आफू र महिलाबीच ह्वाट्सएपमा मेसेज र तस्बिर आदानप्रदान मात्र भएको दाबी गरेका थिए । सो पाउलोको महान्यायाधिवक्ताको कार्यालयका अनुसार प्रमाणको अभावमा मुद्दालाई रोकिएको थियो ।

डेभिड डि गेया

विभिन्न रिपोर्टहरूका अनुसार सन् २०१६ मा म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गियालाई यौन दुर्व्यवहारको मुद्दा परेको थियो । सन् २०१२ मा म्याड्रिडको एक होटलमा दुई स्पेनी यू–२० खेलाडी र अर्को दुई महिलासँग भेट गराइ दिने कुरा भएको भन्दै एक साक्षीले आरोप लगाएका थिए । डे गियाले भने उक्त आरोपलाई अस्वीकार गरेका थिए । 

करिम बेन्जेमा

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा एक जना फ्रान्सेली फुटबलरलाई ब्ल्याकमेल गर्न सेक्स टेप प्रयोग गर्ने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर भएका थिए । 

विवादले फ्रान्सेली फुटबलमा धरै आलोचना भएको थियो । त्यसै समय बेन्जिमा टिमबाट निकालिएका थिए । अर्कोतर्फ, बेन्जेमाले लगातार आरोपहरूको खण्डन गर्दै आएका छन् । 

सन् २०१५ मा फ्रान्सको बन्द प्रशिक्षणमा रहेको समय उनीविरुद्ध यस्तो आरोप लागेको थियो । जसमा म्याथ्यु वाल्बुएनाले पनि मिसिएका थिए । त्यसपछि दुबै खेलाडी टिम बाहिर गएका थिए । बेन्जिमा गत सिजनदेखि मात्र राष्ट्रिय टोलीमा फर्केका थिए । 

मेसन ग्रिनवुड

म्यान्चेस्टर युनाइटेडका खेलाडी मेसन ग्रिनउड आफ्नो पूर्व प्रेमिकाबाट बलात्कारको आरोपमा मुछिएका थिए । ग्रिनउडलाई उनले बलात्कारसहित कुटपिटको गरेको आरोप लगाएकी थिइन् । इन्टाग्राम पोष्टमा उनले आफ्नो घाउसमेत देखाएकी थिइन् । ग्रिनउडले उनलाई ज्यान मार्ने धम्की दिएको समेत आरोप लगाएकी थिइन् । 

एडम जोन्सन

म्यानचेस्टर सिटी र सन्डरल्याण्डका मिडफिल्डरले मार्च २०१६ मा १५ वर्षीया किशोरीसँग यौन क्रियाकलापमा संलग्न भएको आरोपमा पाँच वर्ष जेलमा बिताएका थिए । 

इङ्ल्यान्डका खेलाडी जोन्सनलाई उक्त आरोपपछि सन्डरल्याण्डबाट बर्खास्त गरियो र एडिडाससँगको उनको प्रायोजन सम्झौताबाट हटाइएको थियो । 

उनी २०२१ मा रिहा भएका थिए र उनको पहिलाको लगानीका कारण अहिले राम्रो जीवन बिताइरहेका छन् । 

माइक टायसन

प्रख्यात बक्सर माइक टायसनले १९९१ मा आफ्नो करियरको राम्रो समयमा बलात्कारको आरोपको सामना गरे । टायसनलाई तत्कालीन १८ वर्षीया मिस ब्ल्याक रोड आइल्याण्ड डेसिरी वाशिंगटनलाई बलात्कार गरेको आरोपमा दोषी ठहर गरिएको थियो । 

त्यसपछि उनलाई छ वर्षको जेल र चार वर्षको प्रोबेशनको सजाय सुनाइयो । उनी तीन वर्ष जेलमा बसे र सन् १९९५ मा रिहा भए ।

उनले आफ्नो बक्सिङ करियर पुनः सुरु गरे । उनी दी ह्याङ्गओभर जस्ता चलचित्रहरूमा देखा परे ।

‘फास्ट’ एडी जोनसन

एनबीएका पूर्व ‘फास्ट एडी’ जोनसनले लीगमा १० सिजन खेले । सन् २००६ मा उनीमाथि चोरी, यौन दुर्व्यवहार , बलात्कार र आठ वर्षीया बालिकाको दुर्व्यवहार आरोप लगाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप