शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनमा ५१ हजारले अवलोकन गरे फर्निचर एक्स्पो

शनिबार, २५ भदौ २०७९, १८ : १६
शनिबार, २५ भदौ २०७९

राजधानीको भृकुटीमण्डपमा जारी आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको घुइँचो लागेको छ । सार्वजनिक विदाका कारण एक्स्पो अवलोकन गर्न आउनेको संख्या शनिबार मात्रै २२ हजार पुगेको हो । 

बिहीबारदेखि सुरु भएको एक्स्पोमा शनिबारसम्म ५१ हजारले अवलोकन गरेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । उसका अनुसार बिहीबार १३ हजारले अवलोकन गरेको एक्स्पो शुक्रबार १६ हजारले अवलोकन गरेका थिए । आइतबार र सोमबार थप ३० हजारले एक्स्पो अवलोकन गर्ने इभेण्ट सोलुसनको अपेक्षा छ । 

“अघिल्ला २ दिनमा २९ हजारले एक्स्पो अवलोकन गरेकोमा शनिबार २२ हजारले अवलोकन गरेका छन्,” इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले भने । ​प्रदर्शकहरुले चाडपर्वलाई लक्षित गरी एक्स्पो अवलोकनकर्तालाई विभिन्न किसिमका अफरहरू सञ्चालन गरेका छन् । यसका साथै प्रत्येक दिन डोर प्राइजको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

एक्स्पो अवलोकनका लागि प्रवेश निःशुल्क गरिएको छ । अवलोकनकर्ताले निःशुल्क प्रवेशका लागि आफ्नो विवरण रजिस्ट्रेसन डेस्कमा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पे मार्फत प्रवेश पास पाउन सकिनेछ । 

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री एक्स्पोको मुख्य आकर्षण बन्ने विश्वास गरिएको छ । यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित सेवा पनि एक्स्पोको आकर्षण बनेको छ ।

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स नेपाल) को आयोजना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप