कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु
शनिबार, २५ भदौ २०७९, १८ : ५१

कञ्चनपुरमा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलमा जोगबुडा नदीमा बगेर एक जनाको ज्यान गएको हो ।
शनिबार बिहान स्थानीय ५३ वर्षीय रंगलाल वादीको नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।जोगबुडा नदीमा बाढीसँगै बगेर आएका काठ दाउरा सङ्कलन गर्ने क्रममा वादी बगेका हुन् । उनको शव बगेको ठाउँ एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवेणीधाममा एकमहिने माधवनारायण मेला सम्पन्न
-
सुकुम्बासीका नाममा जग्गा लिन खोजेको आरोप लागेपछि बोले अजेयराज सुमार्गी
-
नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% ले वृद्धि
-
श्रीस्वस्थानी व्रतकथा समाप्ती : व्यावहारिक जीवनमा स्वस्थानी व्रतकथाको महत्त्व कति ?
-
३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा
-
लहानबाट नक्कली नोटसहित दुई युवक पक्राउ