शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्लभ गर्भ : ब्राजिलमा एक महिलाले जन्माइन् फरक फरक पिता भएका जुम्ल्याहा

आमाले एकै दिनमा दुई पुरुषसँग सम्पर्क राखेकी थिइन्
शनिबार, २५ भदौ २०७९, १९ : ०७
शनिबार, २५ भदौ २०७९

ब्राजिलको मिनेरिओसबाट एउटा अनौठो घटना घटेको छ । त्यहाँकी एक १९ वर्षीया युवतीले फरक–फरक बाबु भएका जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । युवतीको नाम भने खुलाइएको छैन । सन्तान जन्मेको ८ महिनापछि गरिएको डिएनए परीक्षणमा यस्तो खुलासा भएको हो । 

आमाको एकैदिन दुई पुरुषसँग सम्बन्ध थियो
ती युवतीले आफूले गर्भ बस्नुअघि एकैदिन दुई जनासँग यौन सम्पर्क राखेकाले बच्चा तीमध्ये कसको हो भन्ने निश्चित गर्न डिएनए परीक्षण गरेकी बताएकी छन् ।  तर डीएनए परीक्षणका क्रममा बच्चा युवतीले सम्पर्क राखेकी दुवै पुरुषको भएको खुल्यो ।

युवतीले दुवै बच्चा दुईमध्ये कुनै एकको होला भन्ने अनुमान गरेकी थिइन् । त्यसैले उनलाई एकिन गर्नको लागि बढी आशंका भएको व्यक्तिबाट डिएनए लिइन् र बच्चाको डीएनएसँग दाँजिन् । तर, दुई पटकको परीक्षणपछि पनि जुम्ल्याहमध्ये एक जनासँग मात्र ती पहिलो पुरुषको डिएनए मेल खायो । 

त्यसपछि युवतीले दोस्रो पुरुषलाई आग्रह गरेर डिएनए परीक्षण गर्न लगाइन् । र ती पुरुष पहिलो पुरुषसँग डीएनए नमिलेको बच्चाको वास्तविक पिता भएको खुल्यो । अहिले दुईमध्ये एक पुरुषले दुवै बच्चालाई अपनाएर तिनलाई हुर्काउन तिनको आमालाई सघाइरहेका छन् ।

‘हेटेरोप्यारेन्टल सुपरफेकुन्डेसन’ भनिन्छ 

विज्ञहरूकाअनुसार यस्तो परिघटनालाई ‘हेटेरोप्यारेन्टल सुपरफेकुन्डेसन’ भनिन्छ, जुन एक धेरै दुर्लभ अवस्था हो । ‘दस लाखमा एकमा मात्र’ यस्तो भेटिन सक्ने अनुमान छ ।  चिकित्सकका अनुसार हेटेरोपेरेन्टल सुपरफर्टिलाइजेसन भएको अवस्थामा स्त्रीको अण्डालाई दुई फरक पुरुषको शुक्रकीटले निषेचित गर्छ, जसले गर्दा त्यसपछि बस्ने जुम्ल्याहा बच्चाको डीएनएसमेत एकै हुँदैन​ ।

डाक्टरहरुका अनुसार यस्ता घटना एकदमै दुर्लभ हुन्छन् र विश्वमा हालसम्म जम्मा २० वटामात्र यस्ता केसहरु पुष्टि भएका छन् । हेटेरोप्यारेन्टल सुपरफेकुन्डेसन हुनको लागि महिलामा दुई अण्डा पाठेघरमा आएको हुन्छ ।
मानिसमा विरलै हुने भएपनि यस्तो परिघटना हामी वरिपरिकै कुकुर, बिरालो, गाईदेखि मुसाजस्ता जीवहरूमा धेरै भेटिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप