बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता

रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्केका तीन जना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल रहेको आफन्तले बताएका छन् ।
उनीहरू बुटवलको-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् । हिजो विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका छन् ।
पौडेलका मामा राजु पन्थीले बच्चाहरू अपहरण गरेर बन्धन भएको आशङ्का गरे । उनले भान्जा पौडेलसँग भएको फेसबुक च्याटमा कुरा गर्दा कसैले तिनाउ पुलमा लगेर केही वस्तु सुँघाएपछि अहिले कोठामा राखेको तर कुन कोठा कहाँ भन्ने आफूहरूले पत्ता नपाएको बताएको रातोपाटीलाई जानकारी दिए । यता इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले हराएका बच्चाहरूको खोज तलास सुरु भएको बताए । उनले रातोपाटीसँग भने, 'हामीले सबै खोजतलास सुरु गरेका छौँ । उनीहरुको छिट्टै पत्ता लाग्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका नाममा जग्गा लिन खोजेको आरोप लागेपछि बोले अजेयराज सुमार्गी
-
नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% ले वृद्धि
-
श्रीस्वस्थानी व्रतकथा समाप्ती : व्यावहारिक जीवनमा स्वस्थानी व्रतकथाको महत्त्व कति ?
-
३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा
-
लहानबाट नक्कली नोटसहित दुई युवक पक्राउ
-
राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने