शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको वाल्टिमोरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

आइतबार, २६ भदौ २०७९, ०६ : ५५
आइतबार, २६ भदौ २०७९

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्रजात्रा भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरूलाई  पुरस्कृत समेत गरिएको छ ।

नेपाः कम्युनिटी यूएसएले आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा  शनिबारका सम्पन्न गरिएको हो । महामारीको कारण २ वर्षसम्म स्थगित गरेको इन्द्रजात्रालाई पुन: निरन्तरता दिइएको हो ।

नेपालकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्रा अब काठमाडौंमा मात्र सिमित रहेन । अमेरिकाको वासिङ्‍गटन डिसीबाट १० बर्ष अगाडीबाट शुरू भएको इन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्याण्ड राज्यको वाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो । सन् २०१८ मा वर्षाको कारण समारोहमा केही अवरोध उत्पन्न भएता पनि समारोह सफल भएको थियो ।

नेवाः भेषभूषामा सजिएका बाल बालिका देखि लिएर नरनारीहरू र बिदेशी नागरिकहरू समेत सबै जनाको उपस्थितिले काठमाडौँको  झझल्को दिएको थियो । काठमाडौँमा गत शुक्रबार भाद्र २४ गते इन्द्रजात्रा मनाइएको थियो भने बाल्टिमोरमा भाद्र २५ का दिन मनाइएको छ ।

उक्त कार्यक्रममा नेवाः समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, भैरव तथा गणेशको रथ  प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन , धिमे बाजा,  परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन , पुलुकिसी तथा लाखे नृत्यहरू प्रस्तुत गरिएका थिए ।

इन्द्रजात्रामा नेवाः समुदायको साथै वरपर तथा विभिन्न राज्यहरूबाट समेत आएका नेपाली समुदायको बाक्लो उपस्थिति थियो । विशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवाः समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

साथै महावाणिज्य दुत प्रेम राजा महत ,वर्ल्ड नेवाः अर्गनाइजेशनका पूर्व अध्यक्ष सिजन श्रेष्ठ ,डा श्याम कार्की लगायतले वाल्टिमोरमा आयोजित भएको इन्द्र जात्राको बारेमा बोलेका थिए । इन्द्र जात्रा आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ, विक्रान्तमान श्रेष्ठ, सृजन ताम्राकार, दिलिप श्रेष्ठ लगायत सम्पूर्ण समिति सदस्यहरुले येन्हा पुन्ही सफल बनाउन लामोदेखि मेहनत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप