एसिया कप क्रिकेटको फाइनल खेल आज, पाकिस्तान र श्रीलंका भिड्दै
आइतबार, २६ भदौ २०७९, ०८ : ३७

टी-२० एसिया कप क्रिकेटको उपाधिको लागि आज पाकिस्तान र श्रीलंका भिड्दैछन्। खेल बेलुका पौने ८ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
सुपर फोरमा श्रीलंकाले भारत, पाकिस्तान र अफगानिस्तानलाई हराएर शतप्रतिशत नतिजा निकालेको थियो। पाकिस्तानले भने भारत र अफगानिस्तानलाई हराएको थियो भने श्रीलंकासग पराजित भएको थियो।
पाकिस्तान र श्रीलंकाबीच हालसम्म २२ वटा टी–२० खेल भएका छन्। जसमा पाकिस्तान १३ र श्रीलंका सात खेलमा विजयी भएका छन्। पछिल्ला पाँच टी–२० खेलमा भने श्रीलंका चार र पाकिस्तान एक खेलमा विजयी भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिगमा बुटवल लुम्बिनीको पहिलो जित
-
सर्वदलीय बैठकमा मुख्यमन्त्री र एमालेबिच चर्काचर्की, बजेटमै अड्कियो छलफल
-
अहिले नै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना छैन : प्रधानमन्त्री
-
सांसद चौधरीको ताकेतापछि नवलपरासीका उखु किसानले पाए अनुदान बापतको रकम
-
निष्क्रिय भए संसदीय समिति : ‘माननीय सदस्यहरू’हराएपछि फोन घुमाउँदै सभापतिहरू
-
प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए