नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग
नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरिएको हो ।
यसैबीच सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ । सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा एक–एक पाइला फाउन्डेसनका अध्यक्ष डा.सुमनशम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारणहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनबाट आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उपकार्यकारी प्रमुख प्रतापमान श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्यो न्युजिल्यान्ड
-
आईसीसी महिला टी–२० विश्वकप : बलियो अस्ट्रेलियासँग हार्यो न्युजिल्यान्ड
-
कन्टिन्जेन्सी खर्च गर्न नपाउने व्यवस्थाले विकासे अड्डामा खैलाबैला, चालु खर्च बढ्ने
-
घुँडाको दुखाइ कम गर्न चाहनु हुन्छ ? खानुस् यी फलफूल
-
हामीले प्राकृतिक स्रोत साधन परिचालनको रणनीति बदल्नुपर्छ : प्रचण्ड
-
छायाङ्कनका क्रममा इमरान हाशमी घाइते