शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेत भैरवको मुखबाट छ्याङ् पिउन महिलाहरुको भीड (फोटो फिचर)

आइतबार, २६ भदौ २०७९, २२ : ४७
आइतबार, २६ भदौ २०७९

आज इन्द्र जात्राको छैठौं दिन । काठमाडौंमा नेवार समुदायका महिलाहरुले श्वेत भैरवको मुखबाट छ्याङ् खाएर (पिएर) मनाए । इन्द्रजात्राको छैठौं दिन महिलाहरुलाई छ्याङ् खुवाउने चलन छ । त्यो दिनलाई रथलाई आराम गर्न दिनका रुपमा लिइन्छ । पहिला पुरुषहरू मात्र सहभागी हुने उक्त अवसर केही वर्षयता एकदिन महिलाका लागि पनि छुट्ट्याउन थालिएको छ।

सोहीअनुसार हनुमानढोकामा रहेको स्वेत भैरवको मूर्तिबाट महिलाहरुले छ्याङको प्रसाद ग्रहण गर्ने गरेका छन् । आइतबार उक्त मन्दिरमा छ्याङ खानका लागि महिलाहरूको भीड लागेको थियो। मूर्तिको पाइपबाट बगेको छ्याङ पिउने चलन छ। छ्याङसँगै समयवजी लगायतका प्रसाद पनि खुवाउने चलन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप