२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर अब नेपाली बजारमा
जि.ओ. अटोमोबाईल्स् प्रा. लि. ले २०२२ संस्करणको २.० लि. नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ । नेक्स्ट–जेन रेन्जर ६–स्पीड र १०–स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छन् । हालको रेन्जरमा रहेको जस्तै ६–स्पीड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो ।
यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गियर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरू समावेश गरेका छन् जसले गर्दा टोईङ्ग वा भारी सामान लादेर चलाउँदा पनि नेक्स्ट जेन रेन्जरले उत्कृष्ट ड्राईभिङ्गको अनुमति दिन्छ ।
यसमा रहेको ईलेक्ट्रिक पार्किङ्ग ब्रेकले साहसिक तथा अफ–रोड ड्राईभमा गाडी हाक्न थप सजिलोपन तथा आत्मविश्वास प्रदान गर्दछ । रेन्जरमा रहेको यो फिचर मध्यम पिकअपहरु मध्ये यसमा मात्र रहेको छ ।
नेपालमा २०२२ नेक्स्ट–जेन फोर्ड रेन्जरको लागि आकर्षक परिचयात्मक मूल्य एक्सएल मोडेलको लागि १ करोड ५ लाख ९० हजार, एक्सएलटीको लागि १ करोड १९ लाख ९० हजार र वाइल्ड ट्रयाकको लागि १ करोड ४५ लाख ९० हजार मूल्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !