अध्यक्ष तिमिल्सिना र अध्यक्ष लीबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच मंगलबार छलफल भएको छ ।
नयाँ वानेश्वस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोमबार अपरान्ह ली र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको थियो । संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको थियो । सोमबार नै सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा