शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एकल सारंगी साँझमा हेमन्तले नचाए बेलायतवासी नेपाली

मङ्गलबार, २८ भदौ २०७९, १५ : ३७
मङ्गलबार, २८ भदौ २०७९

लोकप्रिय सारंगी बादक हेमन्त कान्छा रसाइलीले बेलायत निवासी नेपाली नचाएका छन् । उनले आफ्नो ‘एकल सारंगी साँझ’ मार्फत बेलायत निवासी नेपालीलाई आफ्नो गीतसंगीत तथा सारङ्गी मार्फत झुमाएका हुन् । 
अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख अतिथि रहेका थिए । रसाइलीको एकल साँझमा हेमन्तले काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ, पराइ ठानेपछि लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गरेका थिए ।

मोना यूकेको निमन्त्रणामा बेलायत भ्रमणमा रहेका रसाइलीको त्यही क्रममा सारङ्गी साँझको आयोजना गरिएको हो ।  हालसम्म १२ हजार भन्दा बढी गीतहरुमा सारङ्ंगीका धुनहरु रेकर्ड गरिसकेका हेमन्तले ४ दर्जनभन्दा बढी गीतहरुमा स्वर, संगीत दिएका छन् ।

हेमन्तको कार्यक्रम हेर्न बेलायत निवासी नेपालीहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो । काँचो सुन्तला, कैले तिम्रो बन्न सकिनँ, पराइ ठानेपछि लगायतका दर्जन बढी हिट गीतका सर्जक हेमन्तको सारङ्गी साँझमा इजा, बिमला श्रीसले साथ दिएका थिए । उनलाई वाद्यवादनतर्फ मिन गुरुङ, तुलसी राना मादलमा, देनेश गुरुङ बाँसुरीमा, कुमार गुरुङ हार्मोनियममा, दिप्सन बिक गितारमा, बिलन थापा अक्टोप्याडमा र रेशम पाचयले ढोलक तबलामा साथ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप