बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

१८ वर्ष माथिकालाई लक्षित चिप्स, आखिर किन बन्यो विवादास्पद ?

मङ्गलबार, २८ भदौ २०७९, १६ : २६
मङ्गलबार, २८ भदौ २०७९

आलुको चिप्स धेरैलाई असाध्यै मनपर्छ । कतै बाहिर घुम्न जाँदा, साथीभाइको जम्काभेटमा र कतिपय अवस्थामा त यस्सो जम्ने बेलामा सितनका लागि यसलाई सम्झिने गरिन्छ । चिप्स विभिन्न स्वाद, भेराइटिमा उपलब्ध छ । तर यहाँ जुन स्वादको चिप्सको कुरा गर्न लागिएको छ, त्यो सुन्दा तपाईं तीन छक पर्ने पक्का छ ।

भर्खरै गरिएको एक अनुसन्धान अनुसार युवा–युवतीहरु आफ्ना आमा–बुवा जुन उमेरमा प्रेममा परेका थिए, त्यो उमेरमा प्रेममा पर्ने सम्भावना तीन गुणा कम भएको छ । सोसल मिडिया र भर्चुअल जीवनमा हाम्रो प्राथमिकता पनि यसका लागि जिम्मेवार छन् । तर लिथुआनियाको आलु चिप्स कम्पनीले यो ट्रेन्डलाई उल्ट्याउँदै छ । उक्त कम्पनीले निकै विवादास्पद र १८ वर्षभन्दा माथिकालाई लक्षित गर्दै आलु चिप्सको उत्पादन गरेको छ । ‘चाज पटेटो चिप्स’ले पछिल्लो समय मसल्स र ह्वाइट वाइन फ्लेभरको र ब्लडी मेरी ककटेलको चिप्स उत्पादन गरिरहेको छ तर सबैभन्दा चर्चा एउटा यस्तो फ्लेभरको भइरहेको छ, जसको स्वाद महिलाको यौनाङ्गको जस्तो भनिएको छ ।

महिलाको यौनाङ्गजस्तो फ्लेभर ? यसको फ्लेभरलाई पहिचान गरेर आलुको चिप्समा राख्न कसरी सम्भव होला ? यसको जवाफ चाज वेबसाइटले दिएको छ । वेबसाइटका अनुसार मार्केटिङ विभागले यसका लागि धेरै नै मिहिनेत गरेका छन् । आफ्नै अनुभवको आधारमा पनि उनीहरुले यसको उत्पादनमा सघाउ पुर्याएका छन् ।

अडिटी सेन्ट्रलका अनुसार​श्रृङ्खलाबद्ध वादविवादपछि यो समूहले आफूले छानेका सामग्रीहरु असाध्यै कमजोर भएको स्वीकार गरे । त्यसपछि पाँच सदस्य (केटा–केटी दुबै) लाई उचित सूची तयार गर्न भनियो । उनीहरुले यसका लागि इन्टरनेटको सहारा लिए । उनीहरुले प्रयोगकर्तालाई ‘भल्भा’ को स्वादले के कुरा स्मरण गराउँछ भनेर साधे । उनीहरुले जवाफ पनि पाए । यसका साथै, उनीहरुले वैज्ञानिक आधारबारे पनि अनुसन्धान गरे । अन्ततः यो कम्पनीले चिप्सलाई विभिन्न स्वादसहित बजारमा उतारे ।

फ्लेभरको सूची तयार पारेपछि यसलाई युरोपका तीन ठूल्ठूला मसला उत्पादक कम्पनीलाई समेत पठाइयो । उनीहरुले मसलाका थुप्रै स्याम्पल तयार पारे । तीमध्ये चाज कम्पनीले त्यस्तै स्वाद प्रदान गर्ने सिमित मात्रै छनोट गर्यो । कम्पनी आफैँ सन्तुष्ट नभएसम्म उनीहरुले मसलामा थप घट गरिरहे र चित्त बुझेपछि मात्रै सर्वसाधारणका लागि उपलब्ध गराए ।

कम्पनीले यी चिप्स ‘निडर’ र ‘स्वतन्त्र’ व्यक्तिका लागि लक्षित गरिएको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप