बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगु संक्रमितको संख्या साढे नौ हजार नाघ्यो

मङ्गलबार, २८ भदौ २०७९, १८ : १४
मङ्गलबार, २८ भदौ २०७९

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप