शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक लेल्याण्डको चाडपर्व अफर

मङ्गलबार, २८ भदौ २०७९, १९ : ०७
मङ्गलबार, २८ भदौ २०७९

आइएमई मोटर्सले दसैँ  तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरूमा चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् ।

 आईसीभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जनालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/ एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।

कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरू खरिद गर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरूमा उपलब्ध हुने र सीमित अवधिका लागि मात्र लागु गराइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप