एनआरएनए युरोप सम्मेलन : दुई दर्जन देशका २ सय ५० प्रतिनिधि सहभागी हुने

person explore access_timeभदौ २९, २०७९ chat_bubble_outline0

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा २५ भन्दा बढी देशका २ सय ५० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् ।


आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले गर्ने एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटाले जानकारी दिए । सम्मेलनमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, अर्थमन्त्रालय, श्रम मन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ ।



सम्मेलनमा गैरआवासीय नेपाली संघको आन्तरिक तथा नियमित मुद्दामा छलफल हुने आयोजकले जनाएको छ । गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता,  नेपालमा लगानी, महिला तथा युवा, सम्पतिको अधिकार, नेपालमा पर्यटन प्रवर्द्धन, युरोपमा रहेका नेपालीहरुको मुख्य समस्या लगायतका विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ ।



सम्मेलनको अवसर पारेर युरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आआफ्नो कार्यपत्र समेत प्रस्तुत गर्नेछन् । सम्मेलनको व्यवस्थापनको जिम्मा गैरआवासीय नेपाली संघ स्वीडेनले लिएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।